तनहुँ मासु व्यवसायी समितिकाे अध्यक्षमा बस्नेत

तनहुँ मासु व्यवसायी समितिकाे अध्यक्षमा बस्नेत

तनहुँ मासु व्यवसायी समिति तनहुँकाे अध्यक्षमा अभिमानसिंह बस्नेत सर्वसम्मत चयन भएका छन् । समितिकाे १६ गते दमाैलीमा सम्पन्न छैटौं अधिवेशनले बस्नेतकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हाे । समितिकाे बरिस्ठ उपाध्यक्षमा विष्णुकुमार श्रेष्ठ , उपाध्यक्षमा रामचन्द्र विक , सचिवमा मुवारक हुसेन , काेशाध्यक्षमा मन बहादुर केसी र सहसचिवमा शेर महम्मद चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा किरण थापा , विष्णु कुवर , हुसन तारा खातुन , सजाद हुसेन र सुर्यकुमार श्रेष्ठ चयन भएको निर्वाचन संयाेजक त्रिभुवन श्रेष्ठले बताए ।

त्यस अगाडि भएको उद्घाटन कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका कार्यवाहक मेयर इन्दिरा दरैले अधिकांशको भान्सामा पुग्ने मासु स्वस्थ , सफा , ताजा र गुणस्तर हुनुपर्ने बताइन् । मानिसको स्वास्थ्य सँग जाेडिएकाे बिषयमा गम्भीर हुन का . मेयर दरैले व्यवसायीहरूलाइ आग्रह गरिन् ।
व्यास नगरपालिकाले हरेक किसिमका व्यवसायीहरू लाई सेवा सुविधा , अनुदानहरू दिंदै आएकाेले पाउने अनुदान पनि लिन र व्यवसायीहरू सबै करको दायरामा आउन दरैले आग्रह गरिन् ।
कार्यक्रममा व्यास नगरपालिका वडा नं ३ का अध्यक्ष अनुप राना , भेटरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र तनहुँका प्रमुख डाक्टर राजेशकुमार चाैधरी ,कानुनी सल्लाहकार त्रिभुवन श्रेष्ठ , हाेटल व्यवसायी संघका निवर्तमान अध्यक्ष दुर्गा बिलास भट्टराई , क्षेत्रीय हाेटल संघ तनहुँका प्रथम उपाध्यक्ष चन्द्र कुमार कायस्थ लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
समितिका अध्यक्ष जीवन शाहीको अध्यक्षतामा भएको कार्यक्रममा शुमनराज शाहीले स्वागत र अञ्जना तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेकी थिइन् । साधारणसभाले सचिव मुवारक हुसेन र काेशाध्यक्ष अभिमान सिंह बस्नेतले प्रस्तुत गरेको सचिव तथा काेशाध्यक्षकाे प्रतिवेदन पास गरेको छ ।


मासु व्यवसायीमा २ सय ५० जना व्यवसायीहरू संस्थामा आबद्ध रहेका छन् । उक्त अवसरमा बालकृष्ण आलेकाे टाेलिले साँस्कृतिक नृत्य प्रस्तुत गरेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page