दमाैलीमा तीन तारे स्तरको सिद्धार्थ हाेटल सञ्चालनमा

दमाैलीमा तीन तारे स्तरको सिद्धार्थ हाेटल सञ्चालनमा

सिद्धार्थ बिजेसन ग्रुप अफ हस्पिटालिटी व्यवस्थापनमा तनहुँको दमौलीमा तीन तारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । दमौलीको सुविधा सम्पन्न होटल औपचारिक रूपमा बिहीबारदेखि सञ्चालनमा आएको हो ।

सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका होटल सञ्चालनमा छन् । जसमध्ये दमौलीको यो होटल सिद्धार्थ बाटिका अन्तर्गतको ब्राण्डमा पर्छ ।

होटल र दुई वटा फिल्म हल रहेको यो परियोजनामा करिब १ अर्ब रुपैयाँ लगानी भएको छ । होटलको निर्माण एपेक्स हस्टिपालिटीले र व्यवस्थापन सिद्धार्थ ग्रुपले गरेको हो । नेपालकै ठूलो हस्पिटालिटी सञ्जाल, अन्तर्राष्ट्रिय स्तरको सेवा, विश्वसनीयता तथा कुशल व्यवस्थापनका कारण होटल व्यवस्थापन सिद्धार्थ ग्रुपसँग सहकार्यका गरिएको हो ।

होटलमा सुविधासम्पन्न कूल ३४ वटा कोठा छन् । त्यसबाहेक करिब एक सय ५० जना क्षमताको एउटा हल र करिब ४० जना अट्ने दुई हल छन् । ती हलमा सभा, सम्मेलन, विवाहलगायत पार्टी तथा भोज गर्न सकिन्छ ।

नेपालको पर्यटन क्षेत्रका बहुचर्चित गन्तव्यहरु पोखरा र बन्दिपुरको बीचमा रहेको दमौली आफैमा विविधतापूर्ण र प्रचुर पर्यटकीय सम्भावना भएको ठाउँ हो । महर्षी वेदव्यासको तपोभूमि, बादलमाथिबाट सूर्यादय देखिने मानुङकोट डाँडा, मत्स्यकन्यालाई पूजिने छाब्दिबाराही र दमौलीको शीरमा अवस्थित तनहुँ कालिकासँगै आदिकवि भानुभक्तले प्रेरणा पाएको घाँसीकुवा जस्ता ऐतिहासिक र पुरातात्विक महत्वका पर्यटकीय गन्तव्यमा आउने पर्यटकसमेतलाई स्तरीय सुविधा प्रदान गर्न होटल सञ्चालनमा ल्याईएकाे एपेक्स हस्पिटालिटी लिमिटेडका कार्यकारी प्रमुख सुशील न्याैपानेले बताए ।

पृथ्वी राजमार्गले छिचोलेको तनहुँको सदरमुकाम दमौलीको मेन चोकमा रहेको होटल काठमाडौँबाट १५० किलोमिटर पश्चिम र पोखराबाट ५० किलोमिटर पूर्वमा अवस्थित छ ।

होटलमा अल डे डाइनिङ रेष्टुरेन्ट, बार रेष्टुरेन्ट र सिद्धार्थ क्याफे छन । होटल रहेको भवनमा क्यूएफएक्स सिनेमा हल समेत भएकाले आगन्तुकले मनोरञ्जन र आतिथ्य एकै स्थानमा पाउनेछन् ।

पर्याप्त सवारी साधन अट्न सक्ने गरी अन्डरग्राउण्ड पार्किङ र विद्युतीय चार्जिङको पनि व्यवस्था छ । होटलमा आवश्यक सबै प्रकारका सुविधासहित उचित मूल्यमा सेवा उपलब्ध गराइने छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटीको सेवा सञ्जालमा कूल दुई हजारभन्दा बढी जनशक्तिले प्रत्यक्ष रुपमा ४० जनाले रोजगारी पाएका छन् भने स्थानीयको संख्या नौ छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page