एपेन्डिक्स बिरामी सलिना सन्चो भएर जान थालिन् स्कुल

एपेन्डिक्स बिरामी सलिना सन्चो भएर जान थालिन् स्कुल


तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ बाख्रेकी एपेन्डिक्स बिरामी सलिना गुरूङ सन्चो भएकी छन् । सन्चो भए सँगै सलिना स्कुल जान थालेकी छन् । सलिनाले बुधबारदेखि आफु स्कुल जान थालेको बताइन् । व्यास ५ स्थित उदय माविमा कक्षा १० मा पढ्ने सलिना एपेन्डिक्स बिग्रेर लामो समय थला परेकी थिइन् ।
घरको आर्थिक अवस्था कमजोर भएको र उपचारको लागि पैसा अभावले सलिना उपचार गर्न जान सकेकी थिइनन् । यही बिषय ” तनहुँ प्रेस ” ले उठान गरी अभियान चलाउँदा करिब ९ लाख रूपयाँ सहयोग संकलन भएको थियो । उनको उपचारको लागि देशबिदेशबाट सहयोग प्राप्त भएको थियो । रकम सहयोग प्राप्त भएपछि उनलाई गण्डकी अस्पतालमा भर्ना गरि अप्रेसन गरिएको थियो ।
त्यसभन्दा अगाडि उनको समयमै उपचार हुन नसक्दा एपेन्डिक्स फुटेर पेटभन्दा बाहिरबाट पाइप राखिएको थियो । अप्रेसन पश्चात् झण्डै १ महिना डेसिङ पश्चात् अहिले करिब पुर्णरूपमा सलिनालाइ सन्चो भएको उनकी आमा ढकमाया गुरूङले बताइन् । आमा ढकमायाले आफुलाइ आपत पर्दा र छाेरी सलिनाकाे स्वास्थ्य अवस्था गम्भीर हुँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् । सलिनाले पनि बिरामी भइ थला परेर स्कुल जान नपाउँदा नरमाइलो लागेको भन्दै सबैकाे सहयोगले उपचार सम्भब भएको र अहिले सन्चो भएर स्कुल जान पाउँदा खुसी लागेको बताइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page