काङ्ग्रेस साहित्य कला तथा संस्कृति विभागकाे सदस्यमा युवा नेता भण्डारी
काङ्ग्रेस साहित्य कला तथा संस्कृति विभागकाे सदस्यमा दमाैलीका सराेज भण्डारी मनाेनीत भएका छन् ।
नेपाली काङ्ग्रेसका मुख्य सचिव कृष्ण पाैडेल द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भए अनुसार देशभरबाट १० जनालाई मनाेनीत गरिएकोमा तनहुँ दमाैलीका भण्डारी समेत मनाेनीत भएका हुन् ।

भण्डारी व्यास नगरपालिका वडा नं ४ का वडा सदस्य एवं प्रभावशाली युवा नेता हुन् ।

























