मगर संस्कृतिमा आधारित चलचित्र ” दिलसरा ” सनिवार म्याग्देकाे सभाहलमा प्रदर्शन गरिँदै
मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’को यही भदौ २९ गते सनिवार म्याग्दे गाउँपालिकाको शभाहलमा प्रदर्शन गर्ने तयारी भएको छ । विभिन्न जिल्लामा प्रर्दशन गर्ने तयारी सँगै भाेली गापाकाे सभा हलमा मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्ष उजागर गरिएको ‘दिलसरा’को ११ बजेवाट प्रदर्शन गरिने भएको हो । तनहुँ सँगै बुटवलको मिलनचोक, र पाल्पाको रामपुरमा समेत उक्त चलचित्रको प्रदर्शन गर्न लागिएको बताइएको छ ।
मगर संसार फोटो ग्यालरीको आयोजनामा आपतकालिन मगर संसार राहतकोषमा सहयोगारार्थ फिल्म प्रदर्शन गर्न लागिएको कार्यक्रम संयाेजक नरमाया आलेले बताइन् ।

नेपाली भाषामा निर्मित मगर समुदायमा आधारित चल चित्र ‘दिलसरा’ नारी प्रधान चलचित्र रहेकाले सबैलाई चलचित्र हेर्न आउन निर्माण पक्षका साथै नेपाल मगर संघ म्याग्देका अध्यक्ष नरसिंह रानाले आग्रह गरेका छन् ।

यसमा चलचित्रकी मुख्य पात्र तथा नायिका दिलसरा ले गरेको संघर्षलाई देखाइएको संयाेजक आलेले जानकारी दिइन् । मेनेको फिल्म्स् एण्ड मिडिया हाउस’ को व्यानरमा निर्मित चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन् । अशोक आले मगरले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता मेजर प्रेम थापा
मगर, निर्माताहरुमा हर्क आले मगर, जुना थापा र
मीना थापा छन् ।
चलचित्रको कथा जुना थापा मगर, पटकथा मीना थापा मगरले लेखेका हुन् भने चलचित्रमा कल्याण रानाम मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय गरेका छन्
























