शिवकालीका सहकारीको १४ औ बार्षिक साधारणसभा सम्पन्न
शिव कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ बार्षिक साधारणसभा सुक्रवार दमाैलीमा सम्पन्न भएको छ ।
साधारणसभाकाे कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्दै सहकारीमा बेथिति बढ्दै गएको अवस्थामा शिवकालिका सहकारी अत्यन्तै राम्रोसँग चलेको पाएकाे बताए । धेरै सहकारी रहेकोमा थाेरै सहकारीमा बेथिति आएकाे तर निराश हुनुपर्ने अवस्था नरहेको भन्दै वाग्लेले सहकारी सञ्चालकहरू सचेत भने हुनुपर्ने बताए ।
आर्थिक मन्दिकाे यस्तो अवस्थामा पनि सहकारी एन नियम अनुसार शिवकालिका चलेको हुँदा गण्डकी प्रदेशमै उत्कृष्ट भइ सम्मानित भएको वाग्लेकाे भनाइ थियो ।
प्रमुख अतिथि वाग्लेले नाफा कमाउने भन्दा सुरक्षित लगानी गराउँदा राम्रो हुने सुझाव दिए । वाग्लेले सेयरसदस्यले बर्षभरिकाे गतिविधि हेर्ने , बुझ्ने गर्नुपर्ने भन्दै बाेनस कति पाइन्छ भन्ने तिर मात्रै ध्यान दिन नहुने बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख मनाेज श्रेष्ठ , लेखासमिती संयाेजक विष्णुभक्त न्याैपाने ,सेयर सदस्य सरिता शाही , सुकबहादुर मल्ल लगायतले सहकारीको गतिविधि , हालको अवस्था सँगै शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

सहकारीका अध्यक्ष पुर्णबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बेलबहादुर रानाभाटले स्वागत तथा सहसचिव गीता मल्लले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा सचिव दिपक न्याैपानेले सचिवकाे प्रतिवेदन , काेशाध्यक्ष सन्तलाल श्रेष्ठले काेशाध्यक्षकाे प्रतिवेदन , ऋण संयाेजक निरबहादुर मल्लले ऋण सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०६८ सालमा हरिकुमार मल्लकाे संयाेजकत्वमा स्थापना भएको यस सहकारीको हाल सेयर सदस्य ५ सय ४ जना रहेका छन् भने पुँजी ४ करोड ४ लाख ५८ हजार १ सय रहेको छ । सहकारीले शेयर सदस्यहरूका घर परिवारमा यस वर्षमा ईन्जिनियर , डाक्टर र पि एच डि उर्तिणहरूकाे लागि व्यवस्था गरेको पुरस्कार समेत वितरण गरेको छ । यस्तै कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई समेत नगद पुरस्कार सहित सम्मान गरिएको छ ।
व्यास २ दमाैलीमा रहेको सहकारी गण्डकी प्रदेशबाट उत्कृष्ट सहकारी संस्थाकाे रूपमा सम्मानित भएको लेखा समिति संयाेजक विष्णुभक्त न्याैपानेले बताए ।
























