शिक्षा दिवसकाे अवसरमा म्याग्देमा सेवा निवृत्त शिक्षक , उत्कृष्ट शिक्षक तथा बिद्यार्थीलाई सम्मान !

म्याग्दे गाउँपालिकाले शिक्षा दिवसको अवसरमा सेवा निवृत्त शिक्षक , उत्कृष्ट शिक्षक तथा बिद्यार्थीहरू लाई सम्मान गरेकाे छ । म्याग्दे गाउँपालिका सभाहलमा आयाेजित कार्यक्रममा सयौं उत्कृष्ट शिक्षक , विद्यार्थी सँगै सेवा निवृत्त शिक्षकहरू लाई सम्मान गरिएकाे म्याग्दे गाउँपालिका शिक्षा शाखा प्रमुख बिष्णु केसीले बताए ।



सम्मानित व्यक्तित्वहरूलाइ म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , निवर्तमान अध्यक्ष मायादेवी राना , गापा प्रवक्ता एवम् वडा नं १ का अध्यक्ष मणिभद्र वाग्ले , ३ का अध्यक्ष टुकराज अधिकारी , कार्यपालिका सदस्य बद्रीका भट्टराई , जानकी थापा , थममाया विक लगायतले टीका तथा दाेसल्लाले सम्मान गरेका थिए ।

कार्यक्रममा हरिबहादुर थापा , पवित्रा घिमिरे , हुत्तमणि अधिकारी , राजकुमार श्रेष्ठ , महेश भट्टराई लगायतका वक्ताहरूले बाेलेका थिए ।
























