तनहुँकाे ऋषिङमा ब्यवसायिक स्ट्रबेरी खेति सुरु

तनहुँकाे ऋषिङमा ब्यवसायिक स्ट्रबेरी खेति सुरु गरिएको छ । ऋषिङ्ग गा पा कृषि शाखाको नेतृत्वमा ब्यवसायिक स्ट्रबेरी खेती सुरु गरिएको हो ।

नेपालको सबै भुगोलमा लगाउन मिल्ने भएकोले ऋषिङ्ग गाउँपालिकाको कृषकको लागि राम्रो आम्दानिको श्रोत बन्न सक्ने र सजिलै उत्पादन गराउन सकिने हुँदा ऋषिङमा याे खेती सुरु गरिएको युवा कृषक छेसाङ तामाङले बताए ।

यो वर्ष सुरुवाति बर्ष भएको कारण सोचेजती लगाउन नसकेको भए पनि अर्को बर्ष ऋषिङ्ग गाउँपालिका स्ट्रबेरीमय बनाउने सोचमा रहेको ऋषिङ्ग गाउँपालिका कृषि शाखाका प्रवेश पण्डितले बताए ।
अरु फलफुलको तुलनामा मुल्य पनि धेरै राम्रो र बजार नजिक भएकोले उत्पादन गरेर बिक्रि गर्न धेरै गार्हो नरहेकोले यस खेती तर्फ लागेको पण्डितले बताए ।
























