मुटु दिवसमा निर्मलका बिद्यार्थीकाे मुटु परिक्षण
विश्व मुटु दिवसको अवसरमा व्यास नपा–१ स्थित निर्मल माविका बिद्यार्थीलाइ मुटु परिक्षण र सचेतना कार्यक्रम आयोजना गरिएको छ । दमौली अस्पतालको समन्वयमा बिद्यालयका विद्यार्थी हरुकोलागि मुटु सम्बन्धि अभिमुखिकरण कार्यक्रम सन्चालन गरिएको बिद्यालयका प्रअ गणेश चन्द्र बस्नेतले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख एवं दमौली अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष शान्तिरमण वाग्ले, ब्यास नगर पालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बराल, डा.सन्दिप पान्डे, डा.बिपना गुरुङ, डा.आकृति, विद्यालयका प्रअ गणेशचन्द्र बस्नेत, विद्यालय व्यवस्थापन समितिका सदस्य हरिशरण खनाल लगायतले मन्तव्य राखेका थिए ।


उक्त कार्यक्रममा बिज्ञ चिकित्सकहरुले मुटुलाई स्वस्थ राख्ने तरिका एवं यसको महत्व बारे प्रकाश पार्नुका साथै बिधालयमा कार्यरत शिक्षक तथा बिद्यार्थीहरूको मुटु र स्वस्थ परिक्षण गरेका थिए । कार्यक्रममा बिद्यालयका प्रअ गणेशचन्द्र बस्नेतले मुटु परिक्षण र सचेतना कार्यक्रम आफ्नाे बिद्यालयमा आयाेजना गरेकाेमा दमाैली अस्पताल परिवारलाई धन्यवाद दिएका थिए ।

























