पाइलट पढ्न अफ्रिका गएका दमाैलीका युवा पन्थको कार दुर्घटनामा मृत्यु

पाइलट पढ्न अफ्रिका गएका दमाैलीका युवा पन्थको कार दुर्घटनामा मृत्यु


तनहुँको व्यास नगरपालिका वडा नम्बर २ , दमौली निवासी २७ वर्षिय विराट पन्थकाे अफ्रिकामा कार दुर्घटनामा परी मृत्यु भएको छ । करिब १ वर्ष अगाडि पाइलट पढ्न गएका उनको आफैले चलाएको कार दुर्घटनामा परेको थियो।

पन्थको १७ गते घटस्थापनाको दिनमा दक्षिण अफ्रिकामा भएको कार दुर्घटनामा निधन भएको पारिवारिक श्रोतले बताएको छ। पन्थ दक्षिण अफ्रिकाको याक्वान जेड इन्स्टिच्युट नामक संस्थामा पाइलट पढ्दै थिए।१० महिने कोर्ष पूरा गरिसकेका पन्थ घटस्थापनाको साँझ साथीको जन्म दिन मनाउन भनेर कार लिएर उपहार खरिद गर्न जाँदै गर्दा कार दुर्घटनामा परेका थिए । 

विराटको अब आठ महिना पछि पाइलट बन्ने सपना सोहि कार दुर्घटनामा नै समाप्त हुन पुगेको छ। पन्थकाे शव सुक्रवार साँझ ५ बजे काठमाडौं आइपुगेकाे र काठमाडौं बाट राति दमाैली घरमा ल्याइ मादीसेती घाटमा अन्त्येष्टि गरिने भएको छ । अहिले उनको घर दमाैलीमा ठुलो संख्यामा शुभचिन्तकहरू जम्मा भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page