बस र माेटरसाइकल ठाेक्किंदा माेटरसाइकल चालक नेपाली सेनाका नवीन गम्भीर घाइते
मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत एक्लेफाटमा बस र माेटरसाईकल ठाेक्किदा माेटरसाइकल चालक गम्भीर घाइते भएका छन् । घाइते युवकको दाहिने हात तथा मुखमा चाेट लागेको छ ।

इलाका प्रहरी कार्यालय आवुखैरेनीका अनुसार माेटरसाइकल चालक गाेर्खा घर भइ लमजुङमा नेपाली सेनामा कार्यरत जवान नवीन श्रेष्ठ रहेका छन् । उनलाई आवुखैरेनी प्रहरीले उद्धार गरि आवुखैरेनी अस्पतालमा उपचारको लागि लगेको छ । सेनामा कार्यरत श्रेष्ठ चढेको माेटरसाइकल सँग ग प्र ०३-००१ख ८३५७ नम्बरको टुरिष्ट बस ठाेक्किएकाे हाे ।
फाेटाे: सुसान्त पाेख्रेल

























