तनहुँमा भएकाे ट्रक दुर्घटनामा चालक र सहचालक च्यापिए !

तनहुँमा भएकाे ट्रक दुर्घटनामा चालक र सहचालक च्यापिए !

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी-१ र बन्दिपुर -५ को आँधीखोला सिमानामा ट्रक पुलबाट तल खसेको छ । मंगलबार बिहान राैतहटबाट ईट्टा लिएर आएकाे प्रदेश २ काे ०३ ००१ ख २४४८ नम्बरको ट्रकले विपरित दिशा तर्फ अर्थात डुम्रेबाट आँबुखैरेनी तर्फ गइरहेको हरियो नम्बर प्लेट वागमती प्रेदेश-०१ ००१य १६५९ नम्बरको स्कर्पियोलाई ठक्कर दिई सय मिटर अगाडि गएर खोल्सामा ट्रक ठाडो परेर खसेको थियो ।

ट्रकका चालक र सहचालक ट्रक भित्र च्यापिएको अवस्थामा रहेका र उनिहरूकाे क्रेनकाे माध्यमबाट उद्धारकाे प्रयास भइरहेको छ ।
स्कर्पियोमा सवार भने सबै सकुसल छन् ।
फाेटाे बन्दिपुर एफएम

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page