सनिवार दमाैलीमा सचिन स्मृति खुल्ला दाैड प्रतियोगिता हुने
राेट्र्याक्ट क्लव अफ दमाैलीले पुस १३ गते २२ औ सचिन स्मृतिका अवसरमा दमाैलीमा खुल्ला दाैड प्रतियोगिता गर्ने भएको छ । दमाैली अनसन चाैतारी देखि छाब्दीसम्मकाे ९ किलोमिटर दुरीमा खुल्ला दाैड प्रतियोगिता हुन लागेको हाे ।

दमाैलीकाे अनसन चाैतारीबाट सफासडक , पृथ्वीराजमार्ग , गल्वुबेशी , भादगाउँ हुँदै छाब्दी वाराही सम्म दाैड प्रतियोगिता हुनेछ । प्रतियोगितामा ५० भन्दा बढी धावककाे सहभागीता रहने र नाम दर्ताको काम तिव्र गतिमा अगाडि बढेको क्लवले जनाएको छ ।
प्रतियोगितामा प्रथम , द्धितीय र तृतीय हुने धावकलाई क्रमश १५ हजार पाँच सय , १२ हजार पाँच सय र ८ हजार पाँच सय रूपयाँ नगदका साथै मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा बिभागीय धावकलाइ भने सहभागी गराइनेछैन । क्लवले आज साँझ ६ बजे भित्र धावकहरूले नाम दर्ता गराइसक्नुपर्ने जनाएको थियो ।
भारतको कोलकातामा रोट्याक्ट क्लबको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका तत्कालिक सहसचिव सचिनकुमार श्रेष्ठको स्मृतिमा क्लबले प्रतियोगिता गर्दै आएको छ ।

























