पुर्व मन्त्री काेइराला द्वारा लिखित “अमरगाथा” पुस्तककाे सनिवार विमाेचन हुने



पुर्व मन्त्री एवम् नेकपा माओवादी केन्द्रकि केन्द्रीय सदस्य आशा काेइराला ( खनाल ) द्वारा लिखित एवम् जनयुद्ध अध्यन प्रतिष्ठान द्वारा प्रकाशित “अमरगाथा ” पुस्तककाे सनिवार विमाेचन हुने भएको छ ।

जनयुद्धका सहिद तथा वेपत्ता याेद्धाहरूकाे जिवनी सम्बन्धि पुस्तककाे नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङकाे प्रमुख आतिथ्यतामा विमाेचन हुने भएको नेतृ काेइरालाले जानकारी दिइन् । । पुस्तक विमाेचन सँगै सहिद तथा बेपत्ता याेद्धा परिवार भेटघाट एवम् अभिनन्दन कार्यक्रम समेत हुने काेइरालाले बताइन् । सहिद सप्ताहकाे अवसर पारेर हुने विमाेचन कार्यक्रम भाेलि फागुन १९ गते सनिवार दमाैली स्थित जिल्ला समन्वयको हलमा ११ बजे हुने समेत बताइएको छ ।
पुस्तक लेखक काेइराला जनयुद्ध प्रतिष्ठानकि अध्यक्ष समेत हुन् । काेइरालाले पुस्तक बिमाेचन एवम् अभिनन्दन कार्यक्रममा उपस्थित हुन पत्रकार , साहित्यकार एवम् अन्य सराेकारवाला हरूलाइ आव्हान गरेकि छन् ।




































