सनिवार राेटर्याक्टले सचिन स्मृति दाैड प्रतियोगिता गर्ने !

सनिवार राेटर्याक्टले सचिन स्मृति दाैड प्रतियोगिता गर्ने !

रोटर्याक्ट क्लव अफ दमौलीले फागुन १९ गते सनिवार सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ । क्लवले हरेक बर्ष आयोजना गर्दै आएको खुल्ला दौड प्रतियोगिता यस वर्ष पनि गर्न लागेको हाे । उक्त प्रतियोगितामा भाग लिन ५० जना भन्दा बढी धावकले नाम दर्ता गराइसकेको क्लबले जनाएको छ ।

दमौलीदेखि छाब्दीसम्मको ९ किलोमिटरमा उक्त दौड प्रतियोगिता हुने क्लबले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकहरुलाई क्रमशः १५ हजार, १२ हजार र ८ हजार नगदका साथै मेडल र प्रमाणपत्र उपलब्ध गराइने छ ।
अनसन चौतारीबाट सफा सडक, पृथ्वी राजमार्ग, गल्बुवेसी, भादगाउँ हुँदै छाब्दी बाराहीमा पुगेर दौडको समापन गरिने छ ।
महर्षि वेदव्यासको जन्मस्थल व्यास गुफा र धार्मिक पर्यटकीय स्थल छाब्दी बाराही बिचको सम्बन्ध सुदृढ बनाई पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले दौड प्रतियोगिता आयोजना गरिएको हो ।
उक्त प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, भूपू सैनिक क्लब, भारतीय सैनिकमा आबद्ध व्यक्तिहरुलाई सहभागी गराइने छैन ।

दौड प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्ने र समापन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गर्ने सो क्लबले जनाएको छ । क्लवका सदस्य सचिनकाे सडक दुर्घटनामा ज्यान गएकाे थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page