पत्रकार महासंघ तनहुँका नवनिर्वाचित पदाधिकारीलाई पदहस्तान्तरण
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको जिल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद हस्तान्तरण गरिएको छ ।

सुक्रबार सदरमुकाम दमाैली स्थित महासंघको आफनै भवनमा सम्पन्न भएको पदहस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका नेता एवम् पुर्व मन्त्री तथा सांसद शंकर भण्डारीले निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र प्रदान गरेका थिए । प्रमाणपत्र वितरण गर्दै नेता भण्डारीले नवनिर्वाचित कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
यस्तै महासंघका पदाधिकारीहरुलाई रेडक्रस तनहुँका सभापति प्राडा कृष्ण प्रसाद गाैतम , निर्वाचन संयाेजक बरिस्ठ अधिवक्ता कमलामाेहन वाग्ले , पत्रकार महासंघका निर्वतमान अध्यक्ष उज्ज्वल पौडेल लगायतले अविर , माला तथा प्रमाणपत्र वितरण गर्नुका साथै पद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष डिपी अधिकारी , उपाध्यक्ष प्रताप राना , महिला उपाध्यक्ष सम्झना रसाइली , सचिव कृष्ण न्याैपाने , सहसचवि ऋषिकान्त दुवाडी र किरण श्रेष्ठ , काेशाध्यक्ष पुर्ण विके लगायत लाई फुलमाला लगाई स्वागत गरिएकाे थियो ।
उक्त अवसरमा पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य प्रदिप काफ्ले , पुर्व अध्यक्ष प्रेमप्रसाद पाैडेल , अस्मिता खनाल , प्रताप राना , कृष्ण न्याैपाने लगायतले शुभकामना व्यक्त गरेका थिए ।
























