१३ वर्षीया बालिका बलात्कार अभियाेगमा भानुका पाण्डे पक्राउ
तनहुँमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । जिल्लाकाे भानु नगरपालिका-१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको इन्स्पेक्टर आशिष विकले बताए ।

चिनजानमा रहेका निर्मलले ती बालिकालाई सोमबार राति ललाइफकाइ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको विकले जानकारी दिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको र आज म्याद थप हुने समेत उनले जानकारी दिए ।

























