एमाले वडा सदस्य महत माथि पार्टीकै नेताबाट अभद्र व्यवहार मुद्दा !
नेकपा एमालेबाट वडा सदस्यकाे टिकट पाई निर्वाचित वडा सदस्यमाथि पार्टीकै नेताबाट अभद्र व्यवहारकाे मुद्दा दर्ता भएको छ । तनहुँकाे शुक्लागण्डकी नगर पालिका वडा ९ का वडा सदस्य दिपक महतलाई अभद्र व्यबहारमा इलाका प्रहरी कार्यालय बेलचौतारामा मुद्दा दर्ता भएको हाे । महतलाई एमाले जिल्ला सदस्य एवम् वडा नं ९ का इन्चार्ज खिमबहादुर महतले मुद्दा दर्ता गराएका हुन् ।

एमाले बाट निर्वाचित महत प्रष्ट बक्ता , निडर र देखेजानेको कुरा प्रष्ट राख्ने स्वाभाबका कार्यकर्ता हुन् । पार्टीको वडा अधिबेशनमा वडा इन्चार्ज खिम बहादुर महतले दिपक महत लाई इंगित गर्दै दिपक महतको स्टाटस मा कसैले कमेन्ट नगर्नु भन्ने गैरजिम्मेवार र कसैको अधिकार हनन गर्ने खालको अभिव्यक्ति दिएको भन्दै बिवाद भएको वडा सदस्य दिपक बताउँछन् । सदस्य महतका अनुसार त्यो बिषय आँफुलाइ मन नपरेको र त्यो बिषय लाई लिएर वडा सदस्य दिपक महत र नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा वडा न ९ का इंन्चार्ज खिम महत बिच बिवाद बढ्दै गएको थियो ।

प्रदेश सांसद श्याम राजा महत र नगर कमिटीका सदस्य रमेश महतको अगाडि नै सामान्य भनाभन भएको र यहि बिषयलाई लिएर पार्टीको गुटबन्दीको निहुंमा इन्चार्ज खिम ब महत नगर कमिटी अध्यक्ष रघु नाथ पौडेल , जिल्ला इन्चार्ज केदार सिग्देल लगायतले प्रहरी प्रशासनलाई दबाब दिई म माथी राजनीतिको नाउँमा प्रतिसोध सादिएको वडा सदस्य दिपक महतले आराेप लगाए । महतले आक्रेसित हुँदै अब एमाले तनहुँ गुटबन्दीले गर्दा दिन प्रतिदिन ओरालो गतिमा झरेको र आँफु जस्ता सच्चा कार्यकर्ता लाई गुटबन्दीको कारण हदैसम्मको व्यबहार गर्न थालिएकोले तनहुँ एमाले नयाँ सिराबाट नचले मिसन ८४ सम्म झनै ओरालाे लाग्ने दावी गरे ।
तर यस सम्बन्धमा नेकपा एमाले शुक्लागण्डी नगर अध्यक्ष रघुनाथ पाैडेलले सुरुमा सामान्य समस्या देखिएपनी ठुलो बनाइएको बताए । वडा इन्चार्ज खिम महतले वडा सदस्य विरूद्ध नराम्रो नगरेको तर बिषय अतिरञ्जित गरिएको भन्दै पाैडेलले प्रहरीकाेमा नगइ बसेर मिलाउने भन्दा सदस्य महत सम्पर्कमै नआएकाे बताए । पार्टीको काममा पार्टीका नेताहरू सँग हिँडिरहेको बेला सदस्य महतले एक्कासि आएर हातपात गर्ने , अभद्र व्यवहार गर्ने र पार्टीकाे अहित हुने खालका अनुशासनहिन गतिविधि गरेको अनि उल्टै बिवाद छलफलकाे माध्यमबाट मिलाउने भन्दा भाग्दै हिँड्ने गरेपछि प्रहरीकोमा बाध्य भएर जानुपरेको पाैडेलले दावी गरे ।
























