दुलेगौंडामा महिलाहरूका लागि कुक तालिम

दुलेगौंडामा महिलाहरूका लागि कुक तालिम

तनहुँकाे दुलेगौंडामा महिलाहरूकाे लागि कुक तालिम सञ्चालन गरिएको छ । घरको भान्छामा सवैभन्दा बढी सक्रिय रहने महिला तथा गृहणीहरुको उपस्थिती ब्यवसायिक पाककलाको क्षेत्रमा भने कम पाइन्छ । अब महिलाहरुको सहभागिता ब्यवसायिक पाककलामा समेत बढाउने उदेश्यले तनहुँको दुलेगौडामा कुक तालिम सञ्चालन गरिएको हाे । 


तनहुँको शुक्लागण्डकी नगरपालिका ४ ले यहाँका महिलाहरुलाई पाक कलाको विकास गराएर ब्यवसायिक बनाउन कुक तालिम प्रदान गरेको जनाएको छ। १५ दिनसम्म वडाका १६ महिलाहरुलाई तालिम प्रदान गरेको वडा कार्यालयले अव महिलाहरु घरको भान्छाबाट ब्यवसायिक प्रतिष्ठानका भान्छाहरुमा समेत पहुँच पु¥याउन सक्ने विश्वास लिएको छ । 
सोमबार दुलेगौडामा तालिमको समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष राजकुमार वाग्ले राजुले ब्यक्तिगत सिप, ब्यवसायिक जीवन र बढ्दो स्वास्थ्य समस्याको निराकरणका लागि तालिमले टेवा पुग्ने बताए । वडाले प्रत्यक्ष जीवनमा लागु हुने तालिमलाई जोड दिएको बताउदै खानपानकै कारण अस्वस्थ बनेको शहरीया जीवनशैलीका लागि यस्ता तालिम महत्वपुर्ण हुने बताए । कार्यक्रममा शुक्लागण्डकी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले महिलाहरुले परम्परागत शैलिको पाककलालाई ब्यवसायिक बनाउन सक्ने भन्दै सिपलाई आयआर्जनसँग जोड्न आग्रह गरेका थिए ।
कार्यक्रममा वडा सदस्य मदन श्रेष्ठ, मिना रोका सुनार, प्रशिक्षक संगम राना, शुक्लागण्डकी महिला उद्यमशिल समुहकी अध्यक्ष मिरु श्रेष्ठ, प्रशिक्षार्थी सपना श्रेष्ठ लगायतले तालिम महत्वपूर्ण रहेको बताउदै महिलाहरुको क्षमतासँगै ब्यवसायिक क्षेत्रमा लाग्न सहयोग पुग्ने बताएका थिए । 
तालिममा सहभागिभएका महिलाहरुले होटल रेष्टुरेण्टमा प्राप्त गरिने विभिन्न परिकारहरु पकाउन र बनाउन सिकेका थिए । वडा कार्यालयको आयोजना र शुक्लागण्डकी उद्यमशिल महिला समुहको सहआयोजनामा तालिम सञ्चालन गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page