शहीद दिवसमा खुला महिला हाफ म्याराथन प्रतियोगिता हुने

शहीद दिवसमा खुला महिला हाफ म्याराथन प्रतियोगिता हुने

व्यास नगरपालिकाले शहीद दिवसको उपलक्ष्यमा माघ १६ गते खुला महिला हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ ।
भगवान वेदव्यासको जन्मभूमी र पराशर ऋषिको तपोभूमी दमौली र ऐतिहासिक तनहुँका दरबारको स्वदेश तथा बिदेशमा प्रचारप्रसार गर्ने तथा खेलाडीलाई हौंसला प्रदान गर्ने उद्धेश्यले प्रतियोगिता गर्ने निर्णय भएको व्यास नगरपालिकाले मङ्गलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेले धार्मिकरुपमा परिचित व्यास गुफा र ऐतिहासिकस्थलको रुपमा परिचित तनहुँसुरलाई खेलको माध्यमबाट जोड्ने उद्धेश्य सहित म्याराथन गर्ने निर्णय भएको जानकारी दिए । व्यास अल्ट्रा म्यारथन र खुला महिला हाफ म्याराथन प्रतियोगिता आलोपालो गरिने नगर प्रमुख न्यौपानेले जानकारी दिए । प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्न व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरैको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको नगरपालिकाले जनाएको छ ।


हाफ म्याराथन व्यास गुफादेखि अनसन चौतारी, जिल्ला प्रहरी कार्यालयको पछाडीबाट न्यूरोड भेटघाटचोक हुँदै, गशेशमानचोक, सत्यवती मावि, मालपोतलाईन, सफासडक हुँदै, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, रानीगाउँ, दरैपँधेरा, पोल्याङ, पराजुलीचोक, बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, पत्यारथोक, गङ्गलथोक, चण्डीथान, हटिया, गद्दीचौतारा हुँदै व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर टुङ्गिनेछ । उक्त दूरी २१ किमिको रहनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार ८१, द्धितीयलाई ३१ हजार ८१, तृतीयलाई २१ हजार ८१ र सान्त्वना पुरस्कार पाँच जनालाई जनही रु ११ हजार ८१ रुपियाँ प्रदान गरिने व्यास नगर खेलकुद समितिका संयोजक एव्म व्यास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जीवन गुरुङले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page