सडक दुर्घटना बढेपछि तनहुँ ट्राफिककाे सक्रियता बढ्यो , ठाउँ ठाउँमा सडक सुरक्षा सचेतना !

सडक दुर्घटना बढेपछि तनहुँ ट्राफिककाे सक्रियता बढ्यो , ठाउँ ठाउँमा सडक सुरक्षा सचेतना !


पछिल्लो समय सडक दुर्घटना बढेपछि ट्राफिक प्रहरी कार्यालय तनहुँले सक्रियता बढाएको छ । तिब्रगतिका कारण दुई पाङ्ग्रे सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा मानबिय क्षति बढ्दै गईरहेको सन्दर्भमा ट्राफिक प्रहरीकाे सक्रियता बढेको हाे । आज मात्रै ट्राफिक प्रहरीले दुई पाङग्रे सवारी साधनहरुलाई लक्षित गरी दुई पाङ्ग्रे मोटरसाईकल स्कुटर चलाउने चालकहरुलाई सडकमा नै तिब्रगतीका कारण हुने सवारी दुर्घटना, चालकको लापरबाही,सडकको अबस्था सम्बन्धमा सम्झाई बुझाई एवं सचेतना गराईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । सचेतना कार्यक्रमले दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने प्रहरीले विश्वास गरेको छ ।

यस्तै आजै मात्रै आँबुखैरेनीबाट प्र.नि. टेक प्रसाद सुवेदीको कमाण्डमा खटिएको टोलीले जिल्लाकाे सत्रसय, वडा नं. २ नारीघाट र वडा नं. ४ डम्पिङ स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा यात्रा गर्ने सवारी साधनहरुका चालक, सह-चालक र यात्रुहरुलाई सडकको अवस्थाको बारेमा जानकारी, सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि सबैले आ- आफ्नो स्थानबाट अपनाउनु पर्ने सुरक्षा सम्बन्धी विषय तथा सुरक्षित सवारी यात्रा गर्न पालना गर्नु पर्ने ट्राफिक नियमहरुको बारेमा जानकारी गराएको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page