अखिल क्रान्तिकारी अध्यक्षकाे प्रतिस्पर्धामा बन्दीपुरका पाैडेल !
माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नेतृत्व लिन तनहुँकाे बन्दीपुरका सुदिन पाैडेल प्रतिस्पर्धामा उत्रिएका छन् । संगठनको नेतृत्व लिने आकांक्षीहरुले मंगलबार मनोनयन दर्ता गर्दा तनहुँका पाैडेलले समेत मनाेनयन दर्ता गरेका छन् ।

पाैडेल सहित अध्यक्षका लागि हेमन्त राई, उपदेश यादव र विजय सापकोटाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएका बन्दीपुरका पाैडेल शालीन युवा नेताका रूपमा चिनिन्छन् । उनी अध्यक्ष प्रचण्ड निकट मानिन्छन् ।

यस्तै महासचिवमा रोशन थापा मगर, गोविन्द बानियाँ र पदम काफ्लेले मनोनयतपत्र दर्ता गराएका छन् । नेतृत्वका लागि माघ १२ मा निर्वाचत हुँदैछ । सातै प्रदेशमा निर्वाचन केन्द्रमा मतदान हुनेछ ।
























