सर्वोच्च अदालत द्वारा पूर्वप्रधानमन्त्री भट्टराई र नेपाल जोडिएको ललिता निवास जग्गा प्रकरणको मुद्दा पूर्ण इजलासमा पेश गर्न आदेश !

सर्वोच्च अदालत द्वारा  पूर्वप्रधानमन्त्री भट्टराई र नेपाल जोडिएको ललिता निवास जग्गा प्रकरणको मुद्दा पूर्ण इजलासमा पेश गर्न आदेश !

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय डाक्टर बाबुराम भट्टराई र माधवकुमार नेपाल जोडिएको ललिता निवास जग्गा प्रकरणको मुद्दा पूर्ण इजलासमा पेश गर्ने आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय नित्यानन्द पाण्डे र तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दाको सुनुवाइ गर्दै ललिता निवास जग्गाको नीतिगत निर्णय गर्ने प्रधानमन्त्रीद्वयलाई छानविनको दायरामा ल्याउनुपर्ने हो वा होईन निर्णयका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लाने दुषित निर्णय गर्ने पूर्वप्रधानमन्त्रीद्वयमाथि छानविन गर्नुपर्ने माग राख्दै रिट दायर गरेका थिए । ५ वर्षपछि सुनुवाइ भएको सो मुद्दामा पूर्ण इजलासमा पठाउने आदेश भएको हाे । अधिवक्ता नेउपानेले पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपाललाई अख्तियारलेसमेत उन्मुक्ति दिएको भन्दै मुद्दा चलाउनुपर्ने आदेशको माग गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page