ट्राफिक प्रहरीका असई कृष्ण लुइटेल फागुन महिनाको उत्कृष्ट प्रहरी
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले फागुन महिनामा उत्कृष्ट जिम्मेवारी बहन गरेको भन्दै प्रहरी सहायक निरीक्षक कृष्ण लुइटेललाई सम्मान गरेको छ । असई कृष्ण लुइटेलले विभिन्न आपराधिक क्रियाकलाप तथा सवारी दुर्घटना गरी फरार सवारी साधनहरूलाई खोजतलास गरी कारबाहीको दायरामा ल्याउने, सवारी दुर्घटना न्यूनीकरण तथा नियन्त्रण, परिणाममुखी प्रहरी सेवा प्रदान, ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गराउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उपत्यका ट्राफिक प्रहरी प्रमुख बिनोद घिमिरेले उनलाई सम्मान गरेका हुन्।

लुइँटेललाइ दिएको जिम्मेवारी अनुशासित भई त्रुटिरहित ढङ्गबाट पारदर्शी रूपमा सम्पादन गरेको ट्राफिक कार्यालयले जनाएको छ ।

























