स्वतन्त्रबाट जितेका स्ववियु सभापति प्रज्वल माओवादी निकट क्रान्तिकारीमा प्रवेश

स्वतन्त्रबाट जितेका स्ववियु सभापति प्रज्वल माओवादी निकट क्रान्तिकारीमा प्रवेश

चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्रबाट निर्वाचित स्ववियु सभापति प्रज्वल अधिकारी अखिल (क्रान्तिकारी) मा समाहित भएका छन् ।

अधिकारीलाई बिहीबार पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारीमा स्वागत गरेका हुन् ।अधिकारीले आफू अखिल क्रान्तिकारीमा समाहित भएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।


स्ववियु निर्वाचन विजय पश्चात, म स्ववियुको सभापतिको रुपमा रहि क्याम्पसको हितको लागि सम्माननीय पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र आदरणीय विकासप्रेमी सफल मेयर रेनु दाहाल ज्युको उपस्थितिमा अखिल (क्रान्तिकारी) मा समाहित भएको तथापि हाम्रो संयुक्त प्यानलको प्रतिवद्धता पत्र अनुसारनै मैले विध्यार्थी हकहितको लागि लड्ने कुरा प्रण गर्दछु,’ अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page