दमाैली घरबाट हराएका बालक अझै भेटिएनन्
२०८१ चैत २७ गते देखी दमाैली घर बाट हराएका बालक अझै भेटिएका छैनन् । स्याम्घा घर भइ व्यास ४ दमाैलीमा बस्ने १२ वर्षका बालक बिपिन श्रेष्ठ घर बाटै हराएका हुन् । दमाैली माेडेल एकेडेमीमा कक्षा ६ मा पढ्ने श्रेष्ठ स्कुल बिदा भएकोले घरमै थिए ।

हराएका श्रेष्ठको आमाका अनुसार माेवाइल धेरै हेरेको र चार्ज सकियो कति हेरेको भनेर माेवाइल माग्दा उनी रिसाएका थिए । सामान्य विषयमा यस्तो हाेला भन्ने नसाेचेकाे भन्दै उनलेे साँझसम्म छाेरा आउला , साथीहरू सँग हाेला भन्ने साेचेपनी नआएपछी चिन्ता भएको बताइन् । छाेराकाे बारेमा आफन्त , साथीहरू जतासुकै खाेज्दा बुझ्दापनी नआएपछी प्रहरीकोमा समेत निवेदन दिएको उनलेे बताइन् । हराएका बालक श्रेष्ठलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा –
सम्पर्क माेवाइलनं :-९८२४१७८८११,९८२६१९२०२० मा सम्पर्क गरिदिनुहुन समेत परिवारजनले अनुरोध गरेका छन् ।

























