नतिजा प्रकाशन रोक्दै ऋषिङ्गकाे शिव सरस्वती मावि

नतिजा प्रकाशन रोक्दै ऋषिङ्गकाे शिव सरस्वती मावि

तनहुँकाे ऋषिङ्ग गाउँपालिका-८ स्थित शिव सरस्वती मा.बि. ले परिक्षा नतिजा स्थगित गरेको छ । शिक्षकहरूकाे आन्दोलन चरम उत्कर्षमा पुगेको बेला नतिजा सार्बजनिकले आन्दोलनरत शिक्षकहरुको मनोबल गिर्ने निष्कर्ष सहित हाललाई नतिजाको पुर्ण तयारी गरि सार्बजनिक नगरिएको बताइएको छ ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दान बहादुर रिसिङ्गेको विशेष उपस्थितिमा हिजो बसेको छलफलमा आन्दोलनमा जाने शिक्षकहरुको नाम सहितको तालिका सार्बजनिक गर्दै आन्दोलनलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको हो । यो आन्दोलनमा शिक्षकहरु सडकमा भएतापनी यो आन्दोलन समग्र शैक्षिक क्षेत्रका सम्बन्धितहरुको भएको अध्यक्ष रिसिङ्गेले बताए । उनले थप आन्दोलनका लागि अन्य बिद्यालय ब्यवस्थापन समितिहरुसँग पनि परामर्श चलिरहेको र आवश्यक भए आन्दोलनमा सहभागिताको तयारी भैरहेको पनि उनले बताए । बिद्यालयका प्रधानाध्यापक लिल कुमार श्रेष्ठको अध्यक्षतामा चलेको छफललले सबै शिक्षक या त बिद्यालय या त आन्दोलनको नीति अनुरुप अन्दोलनमा उपस्थित नहुने शिक्षक गयल कायम हुने गरि आन्दोलनमा जानको लागि दैनिक न्युनतम ७ जना शिक्षकको नाम सार्बजनिक गरिएको छ ।


ज्यानको बाजि राखेर दैनिक हजारौं शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलनमा होमिईरहँदा केही बिद्यालयहरुले नतिजा सार्बजनिक गरिरहँदा ऋषिङ्ग गाउँपालिका भित्रका बिद्यालयहरुले पनि नतिजा सार्बजनिक गर्ने तयारी थियो । अग्रणी बिद्यालयले नतिजा सार्बजनिक गर्दा अन्य बिद्यालयलाई थप दबाब पैदा भई आन्दोलनमा प्रभाव पर्ने हुँदा नतिजा सार्बजनिक स्थगित गरिएको अध्यक्ष रिसिङ्गेले बताएका छन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page