स्थानीय सरकार र संघीय सरकार बीच पुलको काम गर्दै राष्ट्रिय सभा प्रमुख सचेतक न्याैपाने

स्थानीय सरकार र संघीय सरकार बीच पुलको काम गर्दै राष्ट्रिय सभा प्रमुख सचेतक न्याैपाने

नेकपा (एमाले) राष्ट्रिय सभा प्रमुख सचेतक भगवती न्यौपानेले तनहुँका स्थानीय सरकार र संघीय सरकार बिच भेटघाटमा पुलको काम गर्दै आएकी छन् । तनहुँकाे बिकास निर्माण , जिल्लाबाट आउने डेलिगेसन , प्रधानमन्त्री , मन्त्री लगायत सँगकाे भेटघाटको वातावरण लगायतका विषयमा उनले पुलको काम गरेकी हुन् ।

जिल्लाबाट विभिन्न याेजना , भेटघाट लगायतका विषयमा केन्द्रमा जाँदा केन्द्रीय नेताहरू , प्रधानमन्त्री , मन्त्री लगायत सम्बन्धित सराेकारवाला निकायका व्यक्तिहरू सँग भेट्न सिधै पहुँच हुन नसक्ने अवस्थामा उनलेे मध्यस्थता गर्ने , सम्पर्क गर्ने र भेट गराउने तथा मागका बारेमा थप दबाब दिने जस्ता काम गर्दै आएकी छन् । जिल्लाकाे बिकासकाे लागि बालुवाटार देखि विभिन्न मन्त्रालयमा सँगै गएर याे काम जसरी पनि गर्दिनपर्याे भनेर उनी आफैले दबाब दिने गरेकी मात्रै छैनन् , आफ्नै पहलमा जिल्लाका विभिन्न ठाउँमा बजेट समेत पार्न सफल भएकी छन् । हालै मात्रै बजेट माग गर्न काठमाडौं पुगेका म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पनि प्रधानमन्त्री , मन्त्री लगायतका व्यक्तिहरू सँग भेटघाटकाे वातावरण राष्ट्रिय सभा सदस्य भगवती न्याैपानेले मिलाएको बताउँछन् ।

यता राष्ट्रिय सभा सदस्य न्याैपानेलाइ भेटी तपाईंले जिल्ला र केन्द्र बिच भेटघाटको लागि कस्तो भुमिका खेल्नुभएकाे छ भनेर साेध्दा आफुलाइ सम्झेर आउने सबैलाई त्यो वातावरण मिलाएको बताइन्। मैले जुनसुकै पार्टीको भए पनि जिल्लाकाे कामको लागि सक्ने सहयोग गर्दै आएकाे छु , त्यो मेरो कर्तव्य पनि हाे न्याैपानेले भनिन् । अहिलेसम्म जिल्लाका १० मध्ये ८ वटा पालिकाका प्रमुखहरूले न्याैपाने मार्फत नैं मन्त्री , प्रधानमन्त्री भेट्ने गरेका बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page