कारबाहीमा परेका सवारीसाधनका कागजपत्र तत्कालै लिन आउन तनहुँ ट्राफिककाे आग्रह
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले विभिन्न मितिमा कारबाहीमा परी राखिएका कागजपत्रहरू तत्कालै लिन आउन अपिल गरेको छ । कार्यालयले एक सुचना प्रकाशित गर्दै भनेको छ – विभिन्न मिति र समयमा सवारी नियम उल्लघंन गरी कानुन बमोजिम कार्वाही वा जरिवानाको क्रममा सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ को दफा १६४ को उपदफा ३ बमोजिम २४ घण्टेपुर्जी लिएता पनि २४ घण्टा सम्म पनि जरिवाना दाखिला नगरेका यस कार्यालय तथा मातहत कार्यालयहरुमा नियन्त्रणमा लिएका तत्कालै लिन आउनुहाेला ।
कार्यालयले सवारी चालक अनुमति पत्र (license), सवारी दर्ता किताब लगायत कागजातहरु ऐ. ऐनका उपदफा (५) बमोजिम १ महिनासम्मको लागी निलम्बन गर्न र दफा (६) बमोजिम १ महिना सम्म पनि जरिवाना नबुझाएमा खारेज गर्ने सकिने व्यवस्था भएकाले कागज पत्र तथा सवारी साधनहरु आफ्नो भएको दावि वा प्रमाण सहित निवेदन पेश गर्नु भई लैजानु हुन अनुरोध गरिन्छ ।

ट्राफिक प्रहरीले नागरिकलाई भनेको छ “कानुनको पालना गरौ, सभ्य नागरिकको परिचय दियौ”।।

























