दमाैलीमा प्रहरीको सरप्राइज चेकिङ ,माेटरसाइल पड्काउनेलाई ठाउँको ठाउँ कारबाही !

दमाैलीमा प्रहरीको सरप्राइज चेकिङ ,माेटरसाइल पड्काउनेलाई ठाउँको ठाउँ कारबाही !


जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा सरप्राईज चेकिङ अभियान सुरु गरेका छन् ।
बजार एरियामा दुर्घटना न्युनिकरणका साथै माेटरसाइकल चर्को आवाजमा पड्काउने , अनुमति पत्र बिना नै सवारी चलाउनुका साथै मादक पदार्थ सेवन गरेर सवारी चलाउने जस्ता कारणले पछिल्लो समय दुर्घटना बढेको पाईएकाले त्यसलाई रोक्नका लागि संयुक्त चेकिङं अभियान थालनीलाई कडाइ गरिएको हाे ।

मंगलबार साँझ बजार भित्रका सात ठाउँमा चेकिङ गरिएको र ७/८ वटा माेटरसाइकल समाती कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका सइ सुमन निउरेले बताए । दमाैली बजार सहित जिल्लामा हरेक दिन जसो ठाँउ फेरी सरपराईज चेकिङ सुरु गरिएको सइ निउरेले जानकारी दिए । बजारमा ध्वनि प्रदुषण हटाउन स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारवाही र सम्झाउने काम सँगसँगै अगाडि बढाइएको उनलेे बताए ।

“सवारी साधनमा कम्पनीका पाटपुर्जा मापदण्डविपरीत परिवर्तन गरी प्रयोग गर्न नपाइने नियम भए पनि त्यसो गर्ने गरिएकोले कडाइ गरिएको ट्राफिक प्रहरीकाे भनाइ छ । यस्तै “मोटरसाइकल तीव्र गतिमा कुदाउँदा दुर्घटनाको जोखिम बढ्नुका साथै ध्वनि प्रदुषण हुने गरेको छ ।”प्रहरीको याे सक्रियता सँगै अब मोटरसाइकलको साइलेन्सर परिवर्तन गरेर ध्वनि प्रदुषण गर्नेहरू हट्ने विश्वास लिइएको छ ।प्रहरीको याे सक्रियता प्रति स्थानीय समेत खुसी भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page