आदिकवि भानुभक्त क्याम्पसमा परीक्षाकेन्द्र राख्न माग गर्दै स्ववियु सभापतिले ज्ञापनपत्र बुझाए
त्रिभुवन विश्वविद्यालयद्वारा संञ्चालीत स्नातक तहको परिक्षा केन्द्र दमाैलीकाे आदिकवि भानुभक्त क्याम्पसमा राख्न माग गर्दै तनहुँका दुईवटा क्याम्पसका स्ववियु सभापतिले ज्ञापनपत्र बुझाएका छन् । विगतका वर्षहरुमा सबै परिक्षार्थीलाई अनुकुल स्थानमा परीक्षा केन्द्र रहेको तर अघिल्लो वर्ष देखि परिर्वतन गरीएको बारेमा ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइएको छ । यस वर्षपनि स्नातक तह चौथाे वर्षको परीक्षा समाप्त भैसकेको तथा आगामी परीक्षालाई समेत ध्यानमा राखी विद्यार्थीको शारिरीक, मानसिक तथा आर्थिक अवस्थालाई मध्येनजर गर्दै तनहुँ र आसपासका जिल्लामा रहेका क्याम्पसका परीक्षार्थीहरुलाई समेत अनुकुल हुने गरी परीक्षा केन्द्रको व्यवस्थापन आदिकवि भानुभक्तमा गरिदिनुहुन ज्ञापनपत्रमा भनिएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, काठमाण्डौ मार्फत श्री क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय बगर,पोखरामा बुझाइएको ज्ञापनपत्रमा सदरमुकामबाट दूर-दराजमा रहेका विद्यार्थीहरुको भावनाको कदर गर्दै परीक्षा केन्द्रबारे पुर्नविचारका लागि अनुरोध गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन आदिकवि भानुभक्त क्याम्पस दमौलीका सभापति अनुप आले मगर र स्वतन्त्र विद्यार्थी युनियन आँबुखैरेनी क्याम्पस आँबुखैरेनीका सभापति निसान मगरले उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

























