मादी नदिकाे पुलबाट जिप खस्दा तिनको मृत्यु दुई घाइते

मादी नदिकाे पुलबाट जिप खस्दा तिनको मृत्यु दुई घाइते

तनहुँको व्यास नगरपालिका स्थित मादी नदीको पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शनिबार राति दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलकाे रेलिङ भत्काएर नदीमा खसेको हो।

जिपमा सवार पाँचमध्ये व्यास ५ का कुशल मगर, प्रविन मगर र कुमार मगरको घटनास्थलमै मृत्यु भएको छ। चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन्। मृतकको शव दमाैली अस्पतालमा राखिएको छ भने घाइतेहरूलाई उपचारका लागि अस्पताल ल्याइएको छ । घटनास्थलमा नेपाल प्रहरी , नेपाली सेना , स्थानीय लगायतले उद्धार गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page