म्याग्देकाे पार्वती प्रावि लाई इनरह्विल क्लव पाेखराकाे छात्रवृत्ति तथा स्टेसनरी सामाग्री सहयोग

म्याग्देकाे पार्वती प्रावि लाई इनरह्विल क्लव पाेखराकाे छात्रवृत्ति तथा स्टेसनरी सामाग्री सहयोग


तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ४ पार्वती प्रा.वि.मनहरीमा इनरह्विल क्लव अफ पाेखरा न्युरोडले छात्रवृति तथा स्टेशनरी सामाग्री सहयोग गरेको छ । ईनरह्विल गीता के सी को सभापतित्वमा भएको छात्रवृत्ति वितरण कार्यक्रमकाे प्रमुख अतिथिमा म्याग्दे गाउँपालिका कार्यपालिका सदस्य बद्रीका भट्टराई रहेकी थिइन् । उक्त कार्यक्रममा विशिष्ट अतिथिमा वि.व्य.स.अध्यक्ष चन्द्र कुमार मल्ल र शि. अ. संघ सदस्य मित्र कुमार श्रेष्ठ रहेका बिद्यालयका निवर्तमान प्रअ सागर आचार्यले बताए ।


सो कार्यक्रममा संस्थापक अध्यक्ष तथा इनरह्विल कल्व नेपालको केन्द्रीय सदस्य निर्मला मल्लले इनरह्विल क्लवकाे बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रममा नि .वर्तमान प्र.अ. सागर आचार्य, वि.व्य.स.अध्यक्ष चन्द्र कुमार मल्ल , का. पा.सदस्य बद्रीका भट्टराई ले शुभकामना मन्तव्य राख्नु भएको थियो।
कार्यक्रम संयोजक इनरह्विल सरस्वती तज्जिमाले स्वागत गरेको कार्यक्रमकाे सञ्चालन मीना शर्माले गरेकी थिइन् ।
कार्यक्रममा क्लवले १० जना विपन्न विद्यार्थीलाई छात्रवृत्ति तथा स्टेशनरी वितरण गर्नुका साथै सम्पूर्ण विद्यार्थीहरुलाई खाजा वितरण गरेका थिए ।
साे अवसरमा विद्यालयका प्रधानाध्यापक कमला थापाले इनरह्विल पाेखराको सहयोग प्रति उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुका साथै मायाको चिनो प्रदान गरेकी थिइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page