जनताको समस्या समाधानका लागी म्याग्देका जनप्रतिनिधि र प्रजिअ अधिकारी बिच छलफल
तनहुँकाे म्याग्दे गाउँपालिकाका जनप्रतिनिधिहरूले जनताको समस्या समाधानका लागि तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी सँग छलफल एवम् अन्तरक्रिया गरेका छन् ।

प्रजिअ अधिकारीलाइ कार्यकक्षमा भेट्न पुगेका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी लगायतका सबै वडा अध्यक्षहरूकाे टाेलिले वडा भित्रका विभिन्न समस्याहरू दर्शाएका थिए ।

खासगरी राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन, २०७६ जारी भई सकेपछि सो भन्दा अगाडी दर्ता भएका व्यक्तिगत घटना दर्ता व्यक्तिगत घटना दर्ता संशोधनमा समस्या भएको बारेमा जानकारी गराइएको थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन, २०७६ को दफा २५ मा यो ऐन लागू भएपछि जन्मेको बच्चाको उमेर, नाम, थर वा अन्य विवरण यस ऐन बमोजिम एक पटक दर्ता भई दर्ताको प्रमाणपत्र प्रदान गरिएपछि सच्याउनु परेमा त्यसको लागी सम्बन्धीत व्यक्तिले त्यस्तो प्रमाणपत्र लिएको एक बर्षभित्र स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाचाँमा दरखास्त दिन सक्नेछ भन्ने रहेको हुदाँ सो भन्दा अगाडी दर्ता भएका व्यक्तिगत घटना दर्तामा समस्या भएको जनप्रतिनिधिहरूले बताएका थिए ।
यस सम्बन्धी समस्या म्याग्दे गाउँपालिकामा धेरै रहेको हुदाँ समस्या सहित समस्या समाधानका लागी प्रमुख जिल्ला अधिकारी ज्यु लाई भेटेको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।
त्यस्तै बुवाको स्थायी ठेगाना पत्ता नलागेका बुवा सम्पर्कमा नरहेको बालबच्चाहरुको जन्मदर्ता र नागरिकताको विषयमा पनि आवश्यक प्रक्रिया कसरी अगाडी बढ्ने भन्ने विषयमा पनि छलफल भएको सहभागी पञ्जिकरण शाखा प्रमुख एककुमार श्रेष्ठले बताए ।
साेही अवसरमा मुग्लिन पोखरा सडक आयोजनाले पहिले गरेका सहमति अनुसार कतिपय ठाउँमा काम नगरेको जनताको गुनासो आएकाे बारेमा समेत प्रजिअ अधिकारीकाे ध्यानाकर्षण गराइएको थियोे ।
उक्त छलफलका क्रममा प्रजिअ अधिकारीले प्रचलित कानुनले दिएको अधिकार बमोजिम काम हुने भन्दै कतिपय कुरामा सामाजिक न्यायका कुरा पनि जाेडिने बताए । यी बिषय संबेदनसिल विषय हुन् तथापि
नागरिकता ऐनले पनि विभिन्न परिकल्पना गरेको छ , त्यही अन्तर्गत काम हुने उनलेे जनाए ।
जनप्रतिनिधि , कर्मचारीले गरेका सिफारिस कहिलेकाहीँ गलत पनि पर्न सक्ने हुँदा आवस्यकताकाे आधारमा थप बुझ्न पर्ने पनि हुनसक्ने प्रजिअ अधिकारीकाे भनाइ थियो । आँफु कसैको पनि काम राेक्ने पक्षमा नरहेको र जनताको सेवासुविधा कसरी सहज हुन्छ भन्ने बारेमा संवेदनशील रहेको उनको भनाइ थियो । यस बारेमा थप प्रस्ट हुन पालिकामै छलफल र सहजीकरणकाे लागि आँफु आउन तयार रहेको समेत उनलेे बताए ।
























