गुणादीमा भएको मोटरसाईकल दुर्घटनामा २४ बर्षिय सरोज पौडेलको मृत्यु
पृथ्वी राजमार्ग सडक खण्ड स्थित तनहुँको म्याग्दे गाउँपालिका वडा नंं १ तल्लो गुणादीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पोखराबाट दमौली आउदै गरेको ग १ ख ९३९९ को बस र दमौलीबाट पोखरा जादै गरेको ग १७ प ५१४६ मोटरसाईकल एकआपसमा ठक्किदा मोटरसाइकल चालक कास्की माछापुच्छे गाउँपालिका वडा नम्वर ४ घाचोकका २४ बर्षिय सरोज पौडेलकाे मृत्यु भएको हो । हाल बस र बस चालकलाई नियन्त्रण लिई थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।

























