पर्यटन प्रवर्द्धनकाे लागि नेपाल पत्रकार महासङ्घ तनहुँको बैठक मनपाङमा सम्पन्न

पर्यटन प्रवर्द्धनकाे लागि नेपाल पत्रकार महासङ्घ तनहुँको बैठक मनपाङमा सम्पन्न

नेपाल पत्रकार महासङ्घ तनहुँको घुम्ती बैठक म्याग्दे गाउँपालिका–६ मनपाङमा शनिबार सम्पन्न भएको छ । मनपाङस्थित थानीमाइ देवी मन्दिर परिसरमा बसेको बैठकले जिल्लास्थित स्थानीय तह, सरकारी कार्यालयबाट प्रवाह हुने सूचना नेपाल पत्रकार महासङ्घ तनहुँमार्फत् एकद्वार प्रणालीबाट प्रवाह गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

जिल्लास्थित सञ्चारमाध्यमलाई दीर्घकालिन बनाउन सरकारी कार्यालयबाट प्रवाह गरिने सूचनालाई समानुपातिक हिसाबले वितरण गर्न एकद्वार प्रणाली उपयुक्त रहेको शाखाका अध्यक्ष धनपति (डिपी) अधिकारीले बताउनुभयो ।

बैठकले म्याग्दे गाउँपालिका–६ मनपाङको पर्यटन प्रबद्र्धनका लागि सबै सञ्चारमाध्यमलाई प्रचारप्रसार गरिदिन आग्रह गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले पर्यटनको प्रचुर सम्भावना बोकेको मनपाङ गाउँको होमस्टे प्रबद्र्धनका लागि सञ्चारकर्मी र जनप्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न सहयोग गरेकामा गाउँपालिकालाई धन्यवाद दिने निर्णय गरेको छ ।

बैठकमा नेपाल पत्रकार महासङ्घ तनहुँका संस्थापक अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, शाखाका सल्लाहकार नारायण खड्काको उपस्थिति थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page