राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे १ काे सभापतिमा धनबहादुर

राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे १ काे सभापतिमा धनबहादुर

राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे १ काे प्रथम वडा अधिवेशन सनिवार गुणादीमा सम्पन्न भएको छ । अधिवेशनले धनबहादुर विकको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे उपसभापतीमा सुनिता विक , सचिवमा राजबहादुर थापा चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा सपना राना मगर , सुकलाल परियार , पदमी सुनार र नारायण सुनार चयन भएका छन् ।

अधिवेशनकाे निर्वाचन कमिटीकाे संयाेजकमा शंकर पन्त रहेका थिए भने सदस्यहरूमा सुनिता परियार र मैना थापा रहेकी थिइन् ।

त्यसअघि भएको कार्यक्रमकाे प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य राजन गाैतमले उद्घाटन गरेका थिए । कार्यक्रममा केन्द्रीय यातायात विभाग सदस्य बिकास सिग्देल , तनहुँका सभापति विश्व वास्ताेला , गण्डकी प्रदेश सदस्य शंकर पन्त लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्देका सभापति मनाेज अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे स्वागत
उदयराज आचार्यले र सञ्चालन दिपेन्द्र पण्डितले गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page