आँबुखैरेनीकाे बारालुङ बेसीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना

आँबुखैरेनीकाे बारालुङ बेसीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना

जनताको घर–घरमा छिटो, छरितो तथा एकीकृत सेवा (शिक्षा, स्वास्थ्य, पञ्जीकरण, प्रशासनिक) पुर्‍याउने उद्देश्यले आँबुखैरेनी गाउँपालिका वडा नं ५ स्थित बारालुङ बेसीमा ‘आधारभूत स्वास्थ्य सेवा केन्द्र’ स्थापना गरिएको छ।


गाउँपालिका अध्यक्ष तथा स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिका संरक्षक शुक्र चुमान क्षेत्रीले सो आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरेका छन् ।
वडा नं ५ का अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, निवर्तमान वडा अध्यक्ष पञ्च बहादुर गुरुङ, जलदेवी आधारभूत विद्यालयका शिक्षक, आँबुखैरेनी विकास बोर्डका अधिकृत किशोर सुवेदी, स्वास्थ्य शाखाका प्रमुख, स्वकीय सचिव मनोज वास्तोला, स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज कुल बहादुर माहत्रा, स्थानीय स्वास्थ्यकर्मी तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटनकै दिन आयोजित स्वास्थ्य शिविरमा ३० जना भन्दा बढी सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
यस केन्द्रबाट स्थानीयवासीले अबदेखि शिक्षा, आधारभूत स्वास्थ्य सेवा र अन्य वडा कार्यालयका सेवा सुलभ रूपमा पाउने छन्।
गाउँपालिकाले यस केन्द्रलाई कम खर्चिलो, प्रभावकारी र समाजिक विकासमा टेवा पुर्‍याउने माध्यमका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page