जेठ ३० गतेदेखि जिल्ला प्रशासन कार्यालय तनहुँ बिहान ७ बजेदेखि खुल्ने

जेठ ३० गतेदेखि जिल्ला प्रशासन कार्यालय तनहुँ बिहान ७ बजेदेखि खुल्ने

जिल्ला प्रशासन कार्यालय तनहुँमा पछिल्लो समय सेवाग्राहीहरूकाे चाप बढेपछि कार्यालय समय बिहान ७ बजेदेखि सुरु गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार नयाँ नागरिकता र राष्ट्रिय परिचयपत्रकाे लागि जेठ ३० गते बिहान ७ बजेदेखिनैँ सेवा लिन सकिने गरि नयाँ व्यवस्था मिलाइएको बताए । सेवाग्राहीकाे भिड बढेपछि बिहानैदेखि सेवा दिन सुरु गरिएको भन्दै अधिकारीले यसले सहजता ल्याउने विश्वास व्यक्त गरे ।

केही समय अगाडि मात्रै सरूवा भइ आएका प्रजिअ अधिकारीकाे याे निर्णयले सेवाग्राहीलाई धेरै राहत हुने भएको छ । बढ्दो गर्मी र सेवाग्राहीकाे भिडलाइ मध्यनजर गरि थप सेवा दिने उक्त निर्णय गरिएको प्रशासन कार्यालय ले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page