तनहुँका सुनचाँदी व्यवसायीहरुले ज्ञापन पत्र बुझाए
तनहुँका सुनचाँदी व्यवसायीहरुले सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी मार्फत सुनचाँदी व्यवसायीहरुले ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउने क्रममा सुनचाँदी व्यवसायीहरुले बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गरिनुपर्ने , सुनको भन्सार ६ प्रतिशत कायम गरिनुपर्ने र सुनचाँदीको कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर्नुपर्ने लगायतका माग राखेका थिए ।

ज्ञापन पत्र बुझाउन सुनचाँदी व्यवसायी महासंघ नेपालका पूर्व अध्यक्ष मोहनकुमार वि.क.सहित जिल्लाको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । यसअघि सुनचाँदी व्यवसायीहरुले दमौली बजारमा रयाली प्रदर्शन गरेका थिए । रयालीका सहभागीहरुले सुनचाँदी व्यवसायीको माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

























