ऋषिङ्ग र घिरिङमा रास्वपा पस्यो

ऋषिङ्ग र घिरिङमा रास्वपा पस्यो

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ यतिखेर संगठन विस्तारमा लागेको छ । पार्टीले हरेक पालिका तथा वडामा पुगी प्रथम वडा अधिवेशन गरेर पार्टीलाई वडा स्तरसम्म संगठित बनाएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नेताहरू जिल्लाकाे ऋषिङ्ग र घिरिङका विभिन्न वडामा पुगेका छन् । संगठन विस्तारकाे सिलसिलामा ऋषिङ्ग र घिरिङका विभिन्न वडामा पुगेको रास्वपा म्याग्देका सभापति मनाेज अधिकारीले बताए ।

त्यहाँका स्थानीयहरूसँग छलफल गर्दा निकै उत्साहित भएको पाएकाे र छिटो कमिटी गठन गर्न आउन भनेको अधिकारीले बताए । स्थानीयकाे चाहना अनुसार पार्टी छिट्टै संगठन विस्तार र कमिटी गठन गर्ने गरि जाने अधिकारीले जानकारी दिए । उक्त भेटघाटमा जिल्ला सभापति विश्व वास्ताेला , प्रदेश सहमहामन्त्री कृष्णप्रसाद लम्साल , पुर्व सभापति बिकास सिग्देल , प्रदेशका नेता दिव्यनाथ बराल लगायतको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page