दमाैलीमा भएको भलिबल फाइनल भाेली हुने

दाेस्राे नमस्ते देउराली युथ क्लव व्यास ३ काे आयाेजनामा दमाैलीमा भएको भलिबल फाइनल खेल भाेली साेमबार हुने भएको छ । प्रतियोगिताकाे आज भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेल दुबै क्लवले दुई दुई सेट जितेको अवस्थामा अन्तिम पाचौं सेट खेल्न अधेराे भएको भन्दै अन्तिम फाइनल सेट स्थगित भएको हाे । साेमबार कुन समयमा खेल खेल्ने भन्ने समय निर्धारण भने आयाेजकले गर्ने र खेलाडीहरूलाई जानकारी गराउने बताइएको छ ।

फाइनल प्रतिस्पर्धामा ऋषिङ्ग ६ र शुक्लागण्डकी १२ का खेलाडीहरू प्रतिस्पर्धामा छन् । बिजयी हुने टिमले ५५ हजार नगदका साथै ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

























