पत्रकार खनाललाई धम्की दिने श्रेष्ठलाई कारबाही माग गर्दै महासंघले निकाल्यो विज्ञप्ति

पत्रकार खनाललाई धम्की दिने श्रेष्ठलाई कारबाही माग गर्दै महासंघले निकाल्यो विज्ञप्ति

नेपाल पत्रकार महासंघ तनहुँका कार्यसमिति सदस्य एवं तनहुँ प्रेस अनलाईनका कार्यकारी सम्पादक बिकास खनाललाई ऋषिङका विवेक श्रेष्ठले दिएको धम्की प्रति नेपाल पत्रकार महासंघ तनहुँको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ शाखाका सचिव कृष्ण न्यौपानेले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारको सुरक्षामाथि खतरा उत्पन्न गराएकाले निजलाई पक्राउ गरि तत्काल कारबाहीको लागि सम्बन्धित निकायसँग नेपाल पत्रकार महासंघ  तनहुँले  जोडदार माग गरेको छ । 
असार ३ गतेका दिन समाचार संकलन गरी तनहुँको ऋषिङ गाउँपालिकाबाट फर्कने क्रममा स्थानीय श्रेष्ठले विना कुनै घटना, विना कुनै  सन्दर्भ र विना कुनै कसुर पत्रकार खनाललाई सामाजिक सञ्जाल मार्फत धाक, धम्की दिदै आएका थिए । उनलेे पटकपटक लेखेका थिए ” तँ ऋषिङ त आइज , तेरो हालत के हुन्छ थाहा पाउँछस् “

के भएको थियो ?
कृषि ज्ञानकेन्द्र तनहुँकाे आयाेजनामा ऋषिङमा भएको जलवायु परिवर्तन मैत्री कृषि खेती अनुगमन कार्यक्रममा तनहुँ प्रेसका कार्यकारी सम्पादक बिकास खनाल सहितको टाेली जिल्ला जिल्ला समन्वयकाे गाडीमा सवार थियो ।उक्त गाडीमा समन्वय प्रमुख शान्तिरमण वाग्ले तथा ऋषिङ गाउँपालिका उपाध्यक्ष गिनु थापा लगायतको टाेली रहेको थियो । पहिलोमा जिल्ला समन्वयको गाडी , दाेस्राेमा कृषि मन्त्रालय गण्डकी प्रदेशको गाडी र तेस्रोमा कृषि ज्ञानकेन्द्रकाे गाडी ऋषिङकाे कार्यक्रम सकेर घिरिङमा रहेको अंगुर खेती अवलोकनका लागि जाँदै थियो । तिनवटा गाडी लगातार जाँदै गर्दा फरक दिशाबाट स्कुटर आइपुगेकाे थियो । हेलमेट नलगाई वानवे बाटोमा स्पिड कन्ट्रोल गर्न नसक्ने गरि आएकाे स्कुटर अकस्मात् आएका गाडी देखेर लरबरीँदै नालामा पुगेको थियो । पहिलो र दाेस्राे गाडी कटिसकेकाे र तेस्रो गाडी आइनपुग्दै श्रेष्ठ नालामा परेका थिए । कुनैपनि गाडीमा नठाेक्किइकन स्कुटर कन्ट्रोल हुन नसकी नालामा परेको बिषयलाई श्रेष्ठले सरकारी गाडीले ठक्कर दिई भागेको र उक्त गाडी भित्र पत्रकार खनाल पनि रहेको भन्ने आधार बनाइ उनी सामाजिक सञ्जाल मार्फत पटकपटक एकाेहाेराे धम्की दिँदै बसेका थिए । यता नालामा परेका श्रेष्ठ सामान्य घाइते भएको र साेहीदिन साँझ उपचार पश्चात् घरमा फर्किसकेका छन् । उनको स्कुटरमा केही क्षति पुगेको बताइएको छ । त्यही बिषयमा त्यही दिन भिमाद प्रहरीले तिनवटै गाडीमा चेकजाँच गरि गाडीमा स्कुटर नठाेक्किइ आँफै लडेको निश्कर्षमा पुगेको थियो ।

महासंघले विज्ञप्ति मार्फत थप भनेको छ-
साथै जिल्लाका महत्वपूर्ण पदमा रहने जनप्रतिनिधिले समेत अमर्यादित र तुच्छ शब्दमा पत्रकारलाई अपशब्द प्रयोगको भाष्य प्रयोग गरि सामाजिक संजालमा लेख्ने प्रवृत्तिको समेत घोर भत्र्सना गर्दै आगामी दिनमा सच्चिन समेत आग्रह गरेको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page