देबेन्द्र बजगाइ द्वारा एनआरएनए भिक्टोरियाको सचिव पदमा उम्मेदवारी घोषणा

देबेन्द्र बजगाइ द्वारा एनआरएनए भिक्टोरियाको सचिव पदमा उम्मेदवारी घोषणा

सक्रिय र जिम्मेवार समुदाय सेवामा प्रतिबद्ध देबेन्द्र बजगाइले आगामी कार्यकालका लागि एनआरएनए अष्ट्रेलिया (VIC) सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
“धेरै बोल्ने होइन, काम गरेर देखाउने उम्मेदवार चाहिन्छ” भन्ने नारासहित सार्वजनिक गरिएको पोस्टरमा बजगाइले प्रवासी नेपाली समुदायको दीगो समृद्धि, सामाजिक एकता, सहकार्य, र नेपाली संस्कृति संरक्षणमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।
उनले एनआरएनएलाई राजनीतिक भागबण्डाभन्दा माथि उठाई समुदायको हित र आवाजको पक्षमा काम गर्ने संस्था बनाउन आग्रह गर्दै सबैको सुझाव, सल्लाह र समर्थनको अपेक्षा गरेका छन्।


बजगाइ Nepalese in Bendigo वर्तमान उपाध्यक्षसमेत हुन्। उहाँको अगुवाइमा Nepalese Festival Mildura सफलतापूर्वक सम्पन्न भएको थियो, जसले नेपाली संस्कृति र एकताको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page