दमाैलीकै प्रतिष्ठित पराशर कलेजलाई उत्कृष्ट शैक्षिक संस्थाको अर्वार्ड प्रदान

दमाैलीकै प्रतिष्ठित पराशर कलेजलाई उत्कृष्ट शैक्षिक संस्थाको अर्वार्ड प्रदान

दमाैलीकै प्रतिष्ठित पराशर कलेजलाई उत्कृष्ट शैक्षिक संस्थाको अर्वार्ड प्रदान गरिएको छ । फोकस नेपाल राष्ट्रिय शिक्षा उत्कृष्टता पुरस्कार-२०८२ बाट पराशर माध्यमिक विद्यालय पुरस्कृत भएको कलेजका सहायक प्रधानाध्यापक मीनबहादुर कार्कीले बताए ।
शनिबार नेपाल पुलिस क्लब भृकुटीमण्डप काठमाडौमा आयोजित कार्यक्रममा पुरस्कृत विद्यालयको तर्फबाट सहायक प्रधानाध्यापक मीन बहादुर कार्कीले ” राष्ट्रिय शिक्षा उत्कृष्टता पुरस्कार-२०८२” काे प्रसंसापत्र ग्रहण गरेका छन् ।

संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति र सहभागितामा ‘शिक्षा क्षेत्रमा समस्या र समाधान’ विषयक गोष्ठी, ‘राष्ट्रिय शिक्षा उत्कृष्टता पुरस्कार-२०८२’ प्रदान समारोह र विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । सोही क्रममा देशभरबाट उत्कृष्ट छनौट भएकालाई सम्मान गरिएको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page