तनहुँमा पहिलो पटक आएकाे आकृति सोडा ग्राहकको राेजाइमा पर्दै

तनहुँमा पहिलो पटक आएकाे आकृति सोडा ग्राहकको
राेजाइमा परेको छ । व्यास नगरपालिका वडा नं २ दमाैली स्थित सिद्यार्थ टोलमा आकृति सोडा उद्योग गत मंगलबारबाट संञ्चालनमा आएको थियो । त्यहाँ उत्पादन भएको साेडालाइ अनशन चाैतारी नजिकैको जिल्ला समन्वयको सटरमा रहेको आकृती जुस पसलबाट बिक्री गर्दै आइएकाे छ । गर्मी बढेको अवस्थामा विभिन्न स्वादमा उत्पादन भएका साेडा खाने ग्राहकहरू बढेको सञ्चालक भरत मल्लले बताए ।

करिब ८० लाख लगानीमा उक्त उद्योग निर्माण गरिएको संचालक मल्लले जानकारी दिए । प्रति घण्टा ५ सय बाेत्तल भन्दा बढि उत्पादन गर्न सक्ने र २० वटा भन्दा बढी फ्रेबर उत्पादन भएको मल्लले बताए ।मल्लले हाल दमाैलीकाे आफ्नैँ पसलबाट मात्रै बिक्री गरेको भए पनि आगामी दिनमा तनहुँ ,लम्जुङ, गोर्खा कास्की लगाएत प्रदेशका मुख्य बजारहरुमा शाखा बिस्तार गर्ने उदेश्य रहेको बताए ।

























