दमाैलीमा साेमबार बाट पुरूष कवड्डी प्रतियोगिता हुने
दमाैलीमा साेमबारबाट पुरूष कवड्डी प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश कबड्डी संघको आयोजनामा जिल्ला खेलकुद विकास समिति र प्रदेश खेलकुद परिषद्को व्यवस्थापन र आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हाे । प्रतियोगिताकाे उद्घाटन साेमबार दिउँसो २ बजे अनसन चौतारी बास्केटबल कोर्टमा गरिने भएको छ ।

गण्डकी प्रदेसको ८ वटा जिल्ला तनहुँ , गोर्खा , नवलपुर , कास्की , स्याङ्जा , पर्बत , बाग्लुंग र म्याग्दी बाट खेलाडीहरू आउने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष अनिल पाण्डेले बताए ।

























