भिमाद नगरपालिकाको २० औँ नगर अधिवेशनमा निति तथा कार्यक्रम प्रस्तुत

भिमाद नगरपालिकाको २० औँ नगर अधिवेशनमा निति तथा कार्यक्रम प्रस्तुत

भिमाद नगरपालिकाको नगर सभाको २० औँ नगर अधिवेशनको पहिलो बैठक भिमाद नगरपालिकाको सभाहलमा संचालन भएको छ । सभामा सभा अध्यक्ष दधिराज सुवेदीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम , उप प्रमुख एवं न्यायिक समितिका संयोजक शारदा खनालले चालू आर्थिक वर्ष २०८१/०८२ मा न्यायिक समितिको वार्षिक प्रतिवेदन सम्वन्धी प्रस्ताव , योजना अनुगमन समितिको वार्षिक प्रतिवेदन सम्वन्धी प्रस्ताव,लेखा समितिका संयोजक श्री विर बहादुर वस्यालले लेखा समितिको २०८१।०८२ वार्षिक प्रतिवेदन सम्वन्धी प्रस्ताव पेश गरेका थिए । सभामा पेश भएका प्रस्ताव सर्वसम्मती पारित भएको थियो ।

यसका साथै बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक शारदा खनालले भिमाद नगरपालिकाको आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ सहित आ ब २०८२।०८३ को बजेट वक्तव्य प्रस्तुत गरेकी थिइन् । साथै विधेयक समितिका संयोजक पदमबहादुर थापाले सुशासन सञ्चालन तथा व्यवस्थापन ऐन २०८२,नगर प्रवक्ता पदमराज सेन ठकुरीले नगरकार्यपालिकाको बैठकका निर्णयहरु अनुमोदनको लागि पेश गरेका थिए । प्रस्तुत भएका विधेयक, ऐन र बजेट वक्तव्यमाथि छलफल र पारितका लागि नगर सभाको २०औँ अधिवेसनको दोश्रो बैठक असार २७ गते बस्ने नगरपालिकाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page