आँबुखैरेनीका विद्यालयहरुमा खेलकुद सामग्री वितरण

“जब बालबालिकाका हातमा खेलकुद सामग्री पुग्छ, तब उनीहरुको अनुहारमा मुस्कान मात्र होईन, भविष्यमा उज्यालो पनि देखिन्छ । यस भनाइलाई चरितार्थ गर्दै आँबुखैरेनी गाउँपालिकाले आफ्ना सामुदायिक विद्यालयहरुमा विभिन्न खेलकुद सामग्रीहरू वितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयहरूलाई टिक ट्याक एफआरपी स्लाइड, गो अराउन्ड स्लाइड डाउन, गो अराउन्ड हङ्ग्री स्नेल स्लाइड डाउन, लिटिल च्याम्प सिट, माई स्विङ बेस, जम्पिङ प्ले, एफआरपी सिंगल बेबी रकर जस्ता खेलकुद उपकरणहरू बितरण गरिएको हाे ।

“खेलकुद मात्र बालबालिकाको मनोरञ्जनको साधन होइन, यो उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासको आधार हो। जब बालबालिका खेल्दै सिक्छन्, तब उनीहरूले पाठ्यपुस्तकभन्दा बढी जीवन बुझ्न थाल्छन्,”* भनेर यस अभियानको महत्त्व पालिकाले रेखाङ्कित गरेको बताएको छ ।
यस कार्यक्रमबाट विद्यार्थीहरूको सृजनात्मकता, टोली भावना र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले बालमैत्री शिक्षण वातावरण निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
























