महिला संघ शुक्लागण्डकीकाे सभापतिमा सहमति जुट्न सकेन

महिला संघ शुक्लागण्डकीकाे सभापतिमा सहमति जुट्न सकेन

नेपाल महिला संघ तनहुँ शुक्लागण्डकीकाे नगर अधिवेशन नेतृत्व छान्न नसकी राेकिएकाे छ । बुधबार दुलेगौंडामा भएको नगरको चाैंथाे अधिवेशनमा दुई जना बिच सभापतिमा सहमति जुट्न नसक्दा अधिवेशननैँ प्रभावित बन्न पुग्यो । अधिवेशन महिलाहरूकाे भए पनि जिल्लाका पुरूष नेताहरूको प्रभावमा सहमति जुट्न नसकेकाे र नेतृत्वको विषयमा सहमति नभएको महिला संघ शुक्लागण्डकीकी एक सदस्यले जानकारी दिइन् । ती सदस्यका अनुसार काङ्ग्रेस नेताहरू शंकर भण्डारी र प्रदिप पाैडेलकाे छाया अधिवेशनमा पर्याे । सभापतिमा शारदा लामिछाने वडा नं-५ बाट र अन्जु सिंह ठकुरी वडा नं १२ बाट दावेदारकाे रूपमा प्रस्तुत भएका थिए । जसअनुसार अन्जुसिंह ठकुरीलाई नेता भण्डारीकाे र शारदा लामिछानेलाई प्रदिप पाैडेलकाे ट्याग लगाइएको थियो ।

सभापतिमा सहमतिकाे लागि प्रयास भइरहेको र भाेलिसम्ममा सहमति जुट्ने महिला संघकी सभापति पवित्रा पाैडेलले बताइन् । त्यसअघि अधिवेशनकाे काङ्ग्रेस नेतृ मायादेवी रानाले उद्घाटन गरेकी थिइन् । अधिवेशनबाट सभापतिमा सहमति जुट्न नसकेपनी उपसभापतिमा जमुना पाैडेल अधिकारी र सचिवमा कुमारी तिमिल्सिना लगायत भने सर्वसम्मत चयन भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page